क्यानको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौँ । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

शनिबार भएको क्यानको केन्द्रीय चुनावमा खड्काले प्रशान्त मल्ललाई हराउँदै विजयी भएका हुन् ।

निर्वाचनमा कुल ८५ मत खसेको थियो । जसमा जित्न ४३ मत आवश्यक पर्दछ ।

कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत प्राप्त गरे । खड्का अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए ।

खड्का क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *