क्यान निर्वाचनमा सुरू भयो मतगणना, केहीबेरमा मतपरिणाम आउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ ।

सचिव, ५ प्रदेशबाट चयन हुने सदस्य र खुला सदस्यमा भएको मतदानको मतगणना सुरु भएको हो ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।

सचिव पदमा पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्ल आमने सामने छन् । उता ५ वटा प्रदेश सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । भने खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।

क्यानको महिला सदस्य तर्फ जयन्तीदेवि भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।

निर्वाचनमा कुल ८५ मत खसेको थियो केही बेरमा नतिजा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *