अबको तीन महिनामा घरेलु संरचनालाई बदल्छौ : चतुरबहादुर

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएका छन् ।

शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् भने शनिवार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका हुन् ।

त्यस्तै अन्य पदाधिकारी चयनका लागि भने शनिवार दिउँसोबाट मतदान सुरु भएको छ । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भए । सचिवमा भने पूर्व क्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिष्पर्धामा छन् ।

निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पु¥याउनुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताउनु भयो ।

चतुर भन्छन्, ‘पहिलो तीन महिना भित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।’

उनले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए । उनले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *