क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । उनको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनको विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुवै नपाएपछि उनी पछि हटेका हुन् ।

अध्यक्ष चन्दसहित चार पदमा निर्विरोध रूपमा निर्वाचित भए । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध रूपमा निर्वाचित भएका छन् । उपाध्यक्ष रोशन यसअघि कोषाध्यक्षमा थिए । पदम कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । चन्द, खड्का र सिंह एउटै प्यानलबाट लडेका थिए । खड्का यसअघि क्यानका केन्द्रीय सदस्य र वर्तमान कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् । महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्वकेन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुवैले उम्मेदवारी दर्ता गरेका छन् । क्यानको चुनावमा कुल ८५ मत छ । प्रमुख पद जित्न ४४ मत आवश्यक पर्दछ । अव प्रमुख पदमा सचिव र सदस्यमा मात्रै निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *