क्यानको चुनावमा चतुरको टिमबाट उपाध्यक्षमा रोशन, सचिवमा पारस

२०८० असोज ५ गते

नेपाल क्रिकेट संघ (क्यान) को भावि नेतृत्वका लागि भोलि चुनाव हुने भएको छ।
वर्तमान अध्यक्ष चतुरबहादुर चन्द फेरि अध्यषको उम्मेदवार बन्ने भएका छन्।
अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले पनि उम्मेदवारी घोषणा गरेका छन्।
चतुरको टिमबाट राष्ट्रिय टिमका पूर्वकप्तान तथा बाग्मती प्रदेशका अध्यक्ष पारस खड्का सचिवको उम्मेदवार बनेका छन्।
क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह समूहको पनि उनीहरुलाई नै समर्थन रहेको छ।
चतुरको टिमबाट उपाध्यक्षमा रोशनले उम्मेदवारी दिने भएका छन्।
यो टिमबाट कोषाध्यक्षमा पदम खड्का उम्मेदवार हुने भएका छन्।

२०८० असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित