क्यानको चुनावमा झापाका प्रतिनिधिले मतदान गर्न नपाउने

२०८० असोज ५ गते

नेपाल क्रिकेट संघ क्यानको निर्वाचनमा झापाका प्रतिनिधिले मतदान गर्न नपाउने भएका छन्।
क्यानको शुक्रबार सुरु भएको साधारणसभाले एउटै जिल्लाबाट २ जना प्रतिनिधि आएपछि झापाको मताधिकार नै खारेज गरिदिएको हो ।
झापाबाट मनोज कटुवाल र लाक्पा लामा गरी दुई जना प्रतिनिधि साधारणसभामा सहभागी भएका थिए। क्यानको विधानअनुसार एक जिल्ला एक प्रतिनिधि र केन्द्रीय समिति गरी ८६ जना प्रतिनिधि हुन्छन्।
तर झापाका प्रतिनिधिले मतदान गर्न नपाउने भएसँगै शनिबार हुने निर्वाचनमा ८५ जनाले मतदान गर्न पाउने छन्।
यस्तै साधारणसभामा क्यानको कार्य समिति बढाउने प्रस्ताव गरिएको छ । १७ सदस्यीय केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष र सहसचिव एकएक जना थपेर १९ पुर्याउन प्रस्ताव गरिएको छ।

२०८० असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित