युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्ट्रेट पुग्यो

२०८० असोज ५ गते

FILE PHOTO: The Sierra Leone-flagged cargo ship Razoni, carrying Ukrainian grain, is seen in the Black Sea off Kilyos, near Istanbul, Turkey August 3, 2022. REUTERS/Mehmet Emin Caliskan
काठमाडौँ । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीवार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्टे«ट पुगेको छ । रेजिलियन्ट अप्रिmका नामक जहाज टर्कीको बोस्फोरस स्टे«टको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो ।
जहाज पछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ । युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो । रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो । रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्ताक्षर गरेका थिए ।
जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो ।

२०८० असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित