संविधान दिवसको विरोधमा तमलोपाले गर्‍यो कालो झण्डा प्रदर्शन

जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानीमा संविधान दिवसको विरोध गरिएको छ । संविधान दिवसको विरोधमा आज जनकपुरमा संविधान जारी भएको दिनलाई कालो दिवसको रूपमा मनाइएको छ ।

२०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै तराई मधेस लोकतान्त्रिक पार्टीले जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको हो । जनकपुरधामको चोक-चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाए ।

उनले २०७२ सालमा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए । मण्डलले संविधानमा जनसङ्ख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायतका मागहरू रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *