एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कपको फाइनलमा आज भारत र श्रीलंकाबीच भिडन्त हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा फाइनल खेल नेपाली समय अनुसार अपराह्न ३: १५ बजेदेखि सुरु हुने भएको हो ।

सुपर फोरमा दुवै टिमले २-२ खेल जितेर फाइनलको यात्रा तय गरेका हुन् । भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग हार बेहोरेको थियो । श्रीलंकाले पाकिस्तान र बंगलादेशलाई हराएको थियो भने भारतसँग हार बेहोरेको थियो ।

अहिलेसम्म एसिया कपको इतिहासमा श्रीलंका १२औँ पटक फाइनलमा पुगेको छ भने भारत १०औँ पटक फाइनल खेल्दै छ । त्यसैगरी अहिलेसम्म पाकिस्तानले ५ र बंगलादेशले ३ पटक एसिया कप फाइनल खेलेका छन् ।

खेलाडीलको इन्जुरीले दुवै टिमलाई समस्यामा पारेको छ । भारतका अक्सर पटेल फाइनल खेल खेल्न नसक्ने भएका छन् भने श्रीलंकाका महीश थीक्साना पनि घाइते भएका कारण फाइनल खेल्न नसक्ने भएको बताइएको छ ।

कोलम्बोमा आइतबार वर्षाको अनुमान गरिएकाले फाइनल खेल अवरुद्ध हुन सक्ने देखिएको छ । फाइनल खेलका लागि एक दिन रिजर्भ डे को व्यवस्था गरिएको छ । यद्यपि सोमबार पनि वर्षा हुने मौसम पूर्वानुमान रहेकाले फाइनल खेल पुरा नहुने आशंका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *