एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा


काठमाडौं । भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपअघि विश्व वरीयता भारत वा अस्ट्रेलिया पुग्ने देखिएको छ ।
हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ । दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो ।
यता भारत दोस्रो स्थानमा छ । एसिया कप २०२३ अन्तर्गत आज बंगालदेशलाई भारतले हराए तथा आजै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरे भारत वरीयताको शीर्ष स्थानमा पुग्नेछ ।
एसिया कपपछि भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदवसीय सिरिज हुनेछ । यो सिरिजले पनि विश्वकपअघि शीर्ष स्थानमा रहने टिमको टुंगो गर्नेछ ।
यता पाकिस्तान तेस्रो स्थानमा झरेको छ । एसिया कपको सुपर फोरमा श्रीलंका र भारतसँग पराजित भएसँगै पाकिस्तानको वरीयता खस्किएको हो ।
एसिया कपअघि पाकिस्तान विश्व वरीयताको शीर्ष स्थानमा थियो ।
पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन । त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन ।
यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थिया े।
एकदिवसीय विश्व वरीयता१ अस्ट्रेलिया
२ भारत
३ पाकिस्तान
४ इंग्ल्याण्ड
५ न्यूजिल्याण्ड
६ दक्षिण अफ्रिका
७ श्रीलंका
८ बंगलादेश
९ अफगानिस्तान
१० वेस्ट इन्डिज
११ जिम्बाब्वे
१२ स्कटल्याण्ड
१३ आयरल्याण्ड
१४ नेदरल्याण्ड्स
१५ नेपाल
१६ नामिबिया
१७ अमेरिका
१८ ओमान
१९ युएई
