एसिया कपको फाइनलमा पुग्न श्रीलंकालाई पाकिस्तानको २५३ रनको चुनौती

मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले एसिया कपको फाइनलमा पुग्न श्रीलंकालाई २५३ रनको चुनौती दिएको छ।

सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको हो।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा अब श्रीलंकाले पनि ४२ ओभरमा नै २५३ रन बनाउनु पर्नेछ। भारत फाइनलमा पुग्ने निश्चित भइसकेकाले आजको विजेता पनि फाइनलमा पुग्ने छ।

पाकिस्तानका मोहम्मद रिजवान ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८६ रनमा आउट रहे। पाकिस्तानलाई छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा क्याच आउट भए ।

ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेले।

प्रमोद मदुशानको बलमा उनी ४ रनमा बोल्ड आउट भए । दोस्रो विकेटका लागि ओपनर अब्दुल्लाह शफिक र बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए। बाबर ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए । स्पिनर दुनिथ वेलालागेको बलमा मिस भएपछि विकेटकिपर कुशल मेन्डिसले बाबरलाई उत्कृष्ट स्टम्पिङ आउट गरेका थिए ।

तीव्र गतिका बलर मथिसा पाथिरानको शर्ट बलमा पुल खेल्ने धुनमा शफिक प्रमोदबाट क्याच आउट हुन पुगेका थिए । पाथिरानाकै बलमा हरिस ३ रनमा कट एन्ड बाल्ड आउट भए ।

मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड आउट भए । पाकिस्तान २७।४ ओभरमा १३०(५ को अवस्थामा पुगेको थियो । त्यसपछि रिजवान र इफ्तिखर अहमदले पाकिस्तानको इनिङ सम्हाल्लेका थिए ।

श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दुनिथ वेलालागेले ९ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए ।

यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ। भारत भने लगातार दुई जितका साथ फाइनलमा पुगेको छ । यदि वर्षाको कारण नतिजा अउन नसके वा रद्द भएमा भने नेटरनरेटको कारण श्रीलंका फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *