किट्सकै अभावमा क्षमतावान् खेलाडी पलाएन भए : क्रिकेटर राजवंशी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललितनारायण राजवंशीले ब्याटमात्र समस्याको समाधान नभएको बताएका छन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटका लागि आफूसँग क्रिकेट ब्याट नभएको’ विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

आफूले किट्स स्पोन्सर नहुँदा आफैँले सबै कुरा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाई छ । ‘मबाहेक पनि थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा खेलिरहनुभएका खेलाडीहरू प्रायोजकविहीन हुनुहुन्छ । कति क्षमतावान् खेलाडीहरू किट्सकै अभावमा पलायन भएका छन्, हुने क्रममा छन्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले त जेनतेन व्यवस्था गरिरहेको छु , चलिरहेको छ तर समग्र यो क्षेत्रमा प्रतिभा भएका तर आर्थिक अवस्था कमजोर भएका खेलाडीहरूको के हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *