श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौँ । भारत एसिया कपको फाइनलमा पुगेको छ । सुपर फोर अन्तर्गतको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै एसिया कपको फाइनलमा पुगेको हो ।

मंगलबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो ।

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुँदै १७२ रन मात्र बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो ।

सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।

त्यस्तै सुपर फोरमा २-२ खेल खेलेर २-२ अंक हासिल गरेका श्रीलंका र पाकिस्तानबीचको विजेता फाइनलमा पुग्ने अर्को देश हुनेछ । बंगलादेश भने लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *