श्रीलंकाका युवा बलर चम्कँदा भारत २१३ रनमा अलआउट

श्रीलंकाका युवा बलर दुनिथ वेललेज र चरिथ असलंका चम्कँदा भारत २ सय १३ रनमा अलआउट भएको छ। एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलंकाले २ सय १४ रनको लक्ष्य पाएको हो ।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो ।

भारतका लागि कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गिलले २५ बलमा १९ रन बनाए । शर्मालाई ५३ रनमा दुनिथले आउट गरेका थिए । तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए ।

राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो ।

श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिएका थिए । उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए ।

चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिएका थिए । महेश थिक्सनाले १ विकेट आफ्नो नाम गरे । श्रीलंकाका लागि १० विकेट नै स्पिनरले लिएका थिए ।

पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो । दुवै टोली लगातार दोस्रो जितका दर्ता गर्दै फाइनल सम्भावना मजबुत बनाउन चाहन्छन् ।

श्रीलंका पछिल्लो १३ ओडिआई खेलमा अपराजित रहेको छ । विश्व क्रिकेटको बलियो टोली भारतसँग श्रीलंकाको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ ।

पछिल्लो पाँच भेटमा भारत चार तथा श्रीलंका एक खेलमा विजयी भएको छ। सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।

चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *