कोहली र राहुलको सानदार शतक, भारतले दियो पाकिस्तानलाई विशाल लक्ष्य

विराट कोहली र के एल राहुलको सानदार शतकमा भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा मात्रै २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो ।

भारतका विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले। केएल राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।

कोहलीको ओडिआई करिअरको ४७ औं र राहुलको छैटौं सतक हो।

कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल तयार गरे। भारतलाई पहिलो दिन नै ओपनर रोहित शर्मा र शुभमन गिलले १६।४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।

त्यसपछि भने पाकिस्तानी बलरले विकेट लिन सकेनन् ।

पाकिस्तानका शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए।

आइतबार वर्षाको कारण भारतले २४।१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्थामा खेल सुरु गरेको थियो।

पाकिस्तानले जवाफी ब्याटिङ थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *