वर्षाले रोकियो भारत–पाकिस्तानबीचको खेल

काठमाडौं । एशिया कप २०२३ को सुपर फोरमा भारत तथा पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतका ओपनरद्वय शुभमन गिल तथा रोहित शर्माले १ सय २१ रनको साझेदारी गर्दै भारतलाई सुदृढ सुरुवात दिएका छन् । यद्यपि, दुबै ओपरन आउट भैसकेका छन् ।

४९ बलमा ६ चौका तथा ४ छक्काको सहयोगले ५६ रन बनाएका शर्मालाई शादाब खानले आउट गरे । उनलाई फहीम असरफले क्याट आउट गरेका हुन् ।

त्यस्तै ५२ बलमा १० चौकासहित ५८ रन बनाउने शुभमन गिललाई शहीन शाह अफ्रीदीले आउट गरे । उनलाई आघा सलमानले क्याच आउट गरेका थिए ।

ताजा अवस्थामा भारतले २५ ओभरको खेल समाप्तीमा दुई विकेट गुमाएर १५५ रन बनाएको छ । विराट कोहली ८ तथा केएल राहुल १७ रन बनाएका खेलिरहेका छन् ।

आजको खेलमा भारतीय टीममा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जसप्रीत बुमराह तथा मोहम्मद सामी खेलिरहेका छन् ।

पाकिस्तानको टीममा भने फखर जमान, इमाम–उल–हक, बाबर आजम, मोहम्मद रिजवान, आघा सलमान, इफ्तिखार अहमद, शादाब खान, फहीम असरफ, शाहीन शाह अफ्रीदी, नसीम शाह तथा हरिश रऊफ प्लेइङ ११ मा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *