एसिया कप क्रिकेटः पाकिस्तान पहिले बलिङ गर्दै

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला बलिङ गर्दैछ ।

एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङको निर्णय लिएको हो ।

समूह चरण मा टिमबीच बर्षा बाधक भएर दुईबीचको खेल रद्द भएको थियो । खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।

सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ ।

पाकिस्तानलाई हराउदै भारत सुपर फोरको सानदार सुरुआत गर्न चाहन्छ । उता, पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।

लगातार दोस्रो जित सहित पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।

चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *