झडपको स्थिति देखिएपछि सर्लाहीको मलंगवामा कर्फ्यु

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको छ ।

कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ दुई समुदायबीचको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

शनिबार अपराह्न ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

प्रहरीले झडप नियन्त्रणका लागि अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो ।

शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्व सावधानी अपनाएको घिमिरेले जानकारी दिए ।

कर्फ्युको समयमा हिँडडुल गर्न तथा अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव राख्न अपिल गरिएको घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *