एमालेसँग कार्यकाल बाँड्न सकिन्छ : उद्धव थापा

कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले संविधाको धारा १६८(५) बमोजिम सरकार बन्दा फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै थापाले त्यो धाराअन्तर्गत सरकार बन्दा आफू मुख्यमन्त्री बन्न बहुमत रहेको बताए ।

उनले भने, “त्यो सम्भावना छ । विश्वासको मत लिन नसके मध्यावधि निर्वाचन हुन्छ ।”

थापाले कांग्रेस र एमाले मिलेर सरकार निरन्तर गर्ने विषयमा पनि सम्भावना खुला रहेको बताए ।  उनले आधा–आधा कार्यकाल बाँड्न सकिने तर यो विषयमा शीर्षस्थ नेताहरूको तहमा छलफल हुनुपर्ने स्पष्ट गरे ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। सर्वोच्च अदालतले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्टै कोशी प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

शुक्रबार नै कार्कीले सपथ लिएका थिए। उनको सपथसँगै कार्कीले एमालेबाटै तीन मन्त्री र एक राज्यमन्त्री बनाएका हुन्। तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई र एकराज कार्की मन्त्री बनेका छन्।

सिर्जना राईलाई राज्यमन्त्री बनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *