दुल्लु नगरपालिकाको लेखा शाखामा कर्मचारीको नाचगान

२०८० भदौ २२ गते

दैलेखको दुल्लु नगरपालिकाको लेखा शाखामा कर्मचारीहरुको नाचगान चलेको छ।
अर्धनग्न अवस्थामा रहेका कर्मचारी कार्यालयको लेखाशाखामा नाचगान गरिरहेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको हो।
कार्यालयभित्र लेखा शाखा अरुभन्दा थप संवेदनशील मानिन्छ। तर अभिलेखका फायलहरु नाचगान गरिरहेको भिडियोमा देखिन्छन्। त्यहीँ उनीहरुको खानपिन पनि चलेको देखिन्छ।
यसरी लेखा शाखामा नाचगान गर्नेहरुमा लेखापाल विनोद थापा, सहलेखापाल मान बहादुर कार्की, नगरप्रमुख सचिवालय हेर्ने चिरन्जवी उपाध्याय, स्टोर किपर रमेश उपाध्याय र पशु प्राविधिक राजन बिष्ट रहेका छन्।

२०८० भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित