ग्लोबल छनोटमा पुग्न नेपालले पायो १०६ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । नेपालले ग्लोबल छनोटमा पुग्न चुनौतीपूर्ण लक्ष्य पाएको छ । थाईल्यान्डले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाललाई फाइनलमा पुग्न १ सय ६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनायो । जवाफि ब्याटिङ थालेको नेपालले खराब सुरुवा गरेको छ ।

यस खेलको विजेता टोली आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि२० छनोट खेल्न पाउनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।

सन् २०१३ देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सीमित हुँदै आएको छ । विश्वकपमा छनौट हुन नेपालले आज थाइल्याण्डलाई पराजित गर्नैपर्ने दबाब हुने छ ।

महिला ती -२० विश्वकपको एसिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका थिए । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका थिए ।

अब फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *