चुनावमा जाने अवस्था छैन, सर्वदलीय सरकारको पहल थाल्छु– हिक्मत कार्की

कोशी प्रदेशसभामा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सबै राजनीतिक दलहरूसँग मिलेर कोशी प्रदेशमा सर्वदलीय सरकार गठनका लागि पहल थाल्ने बताएका छन्।

सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

राजनीतिक दलहरूबीचमा देखिएका अविश्वासका कुरा संवादबाट हल गर्नुपर्ने र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि सबै दलहरू मिल्नुपर्ने बताए।

‘सबै दलको सरकार बनाएर जाऔं । कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी मिलेर जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसलाई आत्मसाथ गरेर गाउँ’, कार्कीले भने।

उनले एमाले गठबन्धनका लागि तयार रहेको बताए। कोशी प्रदेशमा सबै दलहरूसँग सहकार्य गरी सरकार गठन गर्नका लागि केन्द्रको पनि सुझाव रहेको र मध्यावधि निर्वाचन चाहना र माग पनि नभएकाले मध्यावधि चुनाव ननिम्त्याउन सबै मिलेर जानुको विकल्प नभएको बताए।

तीन न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासको फैसला स्वागतयोग्य र सम्मान योग्य भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *