कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

सो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै रिट परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *