नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली स्वदेश फर्किएको हो ।

नेपाल क्रिकेट सङ्घ क्यानले स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ । बाजागाजासहित गरिएको स्वागतमा सशस्त्र प्रहरीको टोली,क्रिकेटका समर्थकहरुको पनि सहभागिता थियो ।

समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्व विजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आकर्षण गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *