अपराजित रहँदै सेमिफाइनल पुग्ने नेपालको योजना, आज युएईको सामना गर्दै

काठमाडाैँ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग खेल्ने तालिका छ । यद्यपि खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । ७ः१५ बजेमै सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेको छैन ।

नेपाल अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनलको यात्रा गर्न चाहन्छ । समूह ए बाट नेपाल र युएई सेमिफाइनलमा पुगिसकेपनि यो खेलबाट समूह विजेताको टुंगो लाग्ने छ । अहिले दुवैले यसअघि खेलेका चारै खेल जितेपनि नेट रनरेटको आधारमा युएई शीर्ष स्थानमा रहेको छ ।

नेपालले यसअघि कतार, मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको थियो । सेप्टेम्बर ९ सम्म सञ्चालन हुने यस एसिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ ।

समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् । त्यस्तै समूह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा पुग्न थाइल्याण्ड र कुवेत प्रतिष्पर्धामा रहेका छन्  ।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् । सेमिफाइनलका खेल सेप्टेम्बर ८ मा हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *