भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज स्वदेश फर्किँदै

काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कँदैछ । विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२:३५ बजे स्वदेश फर्किन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो टोलीको भव्य स्वागत गरिनेछ । समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *