एमालेको लुम्बिनी अध्यक्षमा रिजालको अग्रता

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा हरि रिजालले सुरुवाती अग्रता लिएका छन्।

२ सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले १०९ मतसहित अग्रता लिएका हुन्।

राधाकृष्ण कँडेलले ८९ मत पाएका छन् ।

मंगलबार भएको मतदानमा ९६५ मत खसेको थियो।

निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रारम्भिक नतिजा आउन थालेपनि अन्तिम नतिजा भोलि बिहानसम्म आइसक्ने बताए।

९ वटा टोली बनाएर मतगणना भइरहेको छ। प्रत्येक सय मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *