अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याउने २ जना पक्राउ

अख्तियारको कर्मचारी हौँ भन्दै व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई जनकपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार उनीहरुले ७ वटा पसलमा रकम असुल्न धम्की दिएका थिए।

हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं भन्दै धम्की दिई नगद असुल गर्ने तथा ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदलत धनुषाले ५ दिनको म्याद दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *