नेपालविरुद्ध भारतले २३ ओभर खेल्ने, १४५ रनको लक्ष्य दिइयो

वर्षाका कारण खेल प्रभावित भएपछि भारतले २३ ओभर मात्रै खेल्ने भएको छ।

भारतलाई २३ ओभरमा लक्ष्य घटाएर १४५ रनको नयाँ लक्ष्य दिइएको छ। भारतले साढे १० बजेबाट पुनः ब्याटिङ गर्ने छ।

यसअघि नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको भारतले १३ बलमा १७ रन बनाएको छ।

भारतका लागि कप्तान रोहित शर्माले ४ रन र ओपनर सुवमान गिलले १२ रन बनाएका छ। रोहितले एउटा र गिलले तीनवटा चौका प्रहार गरे। करणले एक रन वाइड दिए।

पहिलो ओभरमा एक रन वाइड मात्रै दिएका करणले दोस्रो ओभरको पहिलो बलमै चौका खर्चिएका छन्। दोस्रो ओभरमा सोमपाल कामीले १२ रन खर्चिए।

यसअघि नेपालले १० बल बाँकी हुँदै अलआउट भएर २३० रन बनाएको छ।

भारतले अब १४५ रनको लक्ष्य भेटाउन पर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *