नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकियो, भारत जवाफी ब्याटिङमा

एसियाकप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल वर्षाका कारण फेरि प्रभावित भएको छ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको भारतले १३ बल खेलेको छ।

१३ बलमा १७ रन जोडेको छ। भारतका लागि कप्तान रोहित शर्माले ४ रन र ओपनर सुवमान गिलले १२ रन बनाएका छ। रोहितले एउटा र गिलले तीनवटा चौका प्रहार गरे। करणले एक रन वाइड दिए।

पहिलो ओभरमा एक रन वाइड मात्रै दिएका करणले दोस्रो ओभरको पहिलो बलमै चौका खर्चिएका छन्। दोस्रो ओभरमा सोमपाल कामीले १२ रन खर्चिए।

यसअघि नेपालले १० बल बाँकी हुँदै अलआउट भएर २३० रन बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *