विश्वकप छनौटमा नेपालको लगातार तेस्रो जित

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एसिया छनौट खेल अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य पछाएको नेपाली पहिला टिमले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको भुटानकोले २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन मात्र बनाएको थियो ।

यो जितपछि नेपालले प्रतियोगितामा लगातार ३ जित हासिल गरेको छ । नेपालको समूह ए मा ३ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । नेपालले यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई पराजित गरेको थियो ।   भुटानको भने यो दोस्रो हार हो । यो खेलपछि भुटानको ३ खेलमा २ अंक रहेको छ ।

सेप्टेम्बर ९ सम्म सञ्चालन हुने यस एसिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ ।समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतियोगितामा नेपालले कतारविरुद्ध सेप्टेम्बर ४ मा  र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *