यदि नेपालसँग हारे भारत समूह चरणबाटै बाहिरिने

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै भारतले नेपालविरुद्ध निर्णायक खेल खेल्ने भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको थियो ।

 पाकिस्तान र भारतले ले १–१ अंक बाँडे । नेपाल र भारतबीचको खेल सोमबार हुँदैछ । नेपालले उक्त खेलमा भारतलाई हराए सुपर फोरमा पुग्नेछ । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो ३ः१५ मा पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । समूह ए को अन्तिम खेलको रुपमा नेपाल र भारतबीच हुनेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेकोछ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ । नेपाल हार्दा पनि अंकविहीन हुँदै बाहिरिनेछ ।

तर यदि उक्त खेल वर्षाको कारण रद्द भएमा वा भारत विजयी हुँदा भारत सुपर फोरमा पुग्नेछ । नेपाललाई सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *