पूरा ओभर टिक्न सकेन भारत, पाकिस्तानलाई २६७ रनको चुनौती

एसिया कपमा भारतले पाकिस्तानलाई २६७ रनको चुनौती पेश गरेको छ। पहिले ब्याटिङ गरेको भारत ७ बल बाँकी छँदै २६६ रनमा अलआउट भयो।

श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे।

त्यस्तै ईशान किसनले ८१ बलमा ८२ रन जोडे।

दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटमा एज लाग्दै बोल्ड हुन पुगे ।

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

पाँचौं विकेट लिन पाकिस्तानले ३८ औं ओभरमा पुग्नु परेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे ।

हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो ।

जस्प्रित बुमराह १४ बलमा ३ चौकासहित १६ रनमा आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४ रनमा आउट भए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।

पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ। भारतलाई हराउन सके पाकिस्तान समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्ने छ। यसअघि नेपालविरुद्ध कीर्तिमानी जित हात पारेको छ।

नेपाल र भारत सोमबार भिड्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *