एसिया कप

बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आज

काठमाडौँ । एसिया कप अन्तर्गत बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । समूह ए अन्तर्गतको भारत र पाकिस्तानको यो खेल नेपाली समय अनुसार आज अपराह्न सवा ३ बजेदेखि श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुने छ ।

समूह ए अन्तर्गत पाकिस्तानले बिहीबार नेपाललाई पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको छ भने यो खेलमा भारतलाई पराजित गरेमा सुपर चारको यात्रा तय गर्ने छ । त्यस्तै भारतले भने यस एसिया कपमा आफ्नो पहिलो खेल नै पाकिस्तानविरुद्ध खेल्दै छ । यो खेलपछि सोमबार नेपाल र भारतबीचको खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *