चुनाव जितेपछि पारसले भने – अब म जवाफ दिने ठाउँमा पुगेँ

बागमती प्रदेश क्रिकेटका संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले यसअघि क्रिकेटमा उठाउँदै आएका परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताएका छन् ।

दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पूर्वकप्तान पारसले खेल छाडेपछि पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको बताए।

आगामी दिन कागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेको उनले सुनाए।

निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अफ्ठयारो अवस्थामा रहेको तर चार वटा जिल्लाको साथले आत्मबल बढेर निर्वाचनमा भाग लिएको उनले स्पष्ट पारे।

१३ सदस्यीय प्रदेश कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन्।

असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । पारसले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर केन्द्रीय अधिवेशनमा अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *