मलेसियामाथि नेपालको ५ रनको रोमाञ्चक जित

काठमाडौँ । नेपालले आइसीसी महिला टी-२० विश्वकपको एसिया छनौटमा विजयी सुरुवात गरेको छ । आज सम्पन्न आयोजक मलेसियाविरुद्धको खेलमा नेपालले ५ रनको रोमाञ्चक जित हासिल गर्दै विश्वकपको एसिया छनौटमा विजयी सुरुबाट गरेको हो ।

नेपालले दिएको ८५ रनको लक्ष्य पछाएको मलेसियाको टिम २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको थियो । मलेसियामाथि ५ रनको जित हासिल गर्ने क्रममा नेपालले तीन खेलाडीलाई रनआउट गरेको थियो । त्यस्तै कविता कुवंर र कविता जोशीले २-२ विकेट लिएका थिए भने रुबिना क्षेत्री र अश्मिना कर्मचार्यले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालले अब प्रतियोगितामा दोस्रो खेल शुक्रबार बहराइनविरुद्ध खेल्ने तालिका रहेको छ । सेप्टेम्बर ९ सम्म हुने यस एसिया छनौटमा १२ देशले भाग लिँदै छन् । जसमा नेपाल समूह ए मा रहेको छ ।

समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *