क्रिकेट टिमलाई बालेनको सान्त्वना, सफलताका लागि हारका माला लगाउनैपर्छ

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले पाकिस्तानसँग हार बेहोरेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिँदै सफलताका लागि हारको माला लगाउनै पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले पाकिस्तानसँगको सिकाइले भारतसँगको खेल सहज हुने बताएका छन् । हामीले हिँडेको बाटो गलत नभएको बताउँदै सफलता हासिल गर्न हारका मालाहरू लगाउनै पर्ने बताएका छन् ।

उनले भने- ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरूका मालाहरू पनि यिनै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *