सय रन नपुग्दै नेपालले गुमायो ८ विकेट
२०८० भदौ १३ गते

एशिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएको छ।
नेपालले एक सय रन नबनाउँदै ८ विकेट गुमाएको छ। २२ औं ओभरमा नेपालले गुल्सन झा र सन्दीप लामिछानेलाई गुमाउन पुगेको हो।
सन्दीप शून्य रनमै आउट हुँदा गुल्सनले पनि १३ रन मात्रै जोड्न सके। यसअघि दीपेन्द्र ३ रनमै आउट भएका थिए।
सुरुका दुई ओभरमा तीन विकेट गुमाएको नेपालले चौथो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको छ। आरिफ २६ रन जोडेर बोल्ड भए।
१७ औं ओभरको अन्तिम बलमा सोमपाल पनि क्याचआउट हुन पुगे। सोमपालले २८ रन बनाए।
विशाल लक्ष्य पछ्याएको नेपाल फराकिलो हारको संघारमा पुगेको छ।
२०८० भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








