पावर प्लेमा पाकिस्तान भन्दा बढी रन बनायो नेपालले

एशिया कप क्रिकेटमा नेपालले अहिलेआयोजक पाकिस्तानको सामना गरिरहेको छ। पावर प्लेको सुरुको १० आभर सकिँदा नेपालले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ। यसअघि पाकिस्तानले २ विकेटको क्षतिमा ४४ रन बनाएको थियो। नेपालले एक विकेट बढि गुमाए पनि पाकिस्तान भन्दा बढी चार रन बनाएको छ।

नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो। यस्तै दोस्रो ओभरमा अर्को विकेट गुमाउन पुग्यो। पहिलो ओभरको पाँचौं बलमा कुशल भुर्तेललाई र छैठौं बलमा कप्ताल रोहित पौडेललाई गुमाएको हो।

दोस्रो ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको छ।

भुर्तेलले ४ बलमा ८ रन जोडे भने कप्तान रोहित पौडेल पहिलो बलमै एलबीडब्लु धरापमा परे। ५ बलको सामना गरेको आशिफ ५ रन नै जोडेर आउट भए।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई अहिलेसम्मकै विशाल लक्ष्य ३४३ रनको चुनौती दिएको छ। विशाल लक्ष्य पछ्याएको नेपालका लागि अहिले आरिफ शेख र सोमपाल कामीले ब्याटिङ गरिरहेका छन्। सोमपालले १५ र आरिफले १४ रन बनाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *