पाकिस्तानसँग भिड्नुअघि नेपालका कप्तान रोहितले भने– हामीबिचको फरक अनुभव मात्रै हो

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्।

नेपालले बुधबार मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानसँग नेपाली समय अनुसार दिउँसो ३ः१५ मा खेल्दैछ। त्यसअघि भएको पत्रकार सम्मेलनमा रोहितले नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताए।

‘हामी पहिलो पटक एसिया कप खेल्दै छौं । यो ठूलो उपलब्धी हो । विशेषगरी नेपालको लागि यो सब पहिलो पटक हो । पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्न चाहन्छौं । भारतसँग पनि । हो हामी यहाँ आउन योग्य थियौं र त्यसैले यहाँ छौं । भोली हामी प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने छौं’, रोहितले भने ।

रोहितले नेपाल र पाकिस्तानको टोलीमा फरक अनुभव मात्रै बताएका छन् ।

‘मलाई लाग्छ नेपाल र पाकिस्तानबीचको फरक भनेको अनुभव हो । क्षमता हेर्ने हो भने ब्याटिङ र बलिङ दुबैको उस्तै हो । पाकिस्तान अनुभवी टोली हो । त्यहिँ एकमात्रै फरक हो’, रोहितले भने ।

‘मलाई लाग्छ दुबै टोलीमा विश्वस्तरिय बलर र ब्याटर छन्। हामी हरेक बलमा केन्द्रित हुन चाहन्छौं । विपक्षी को भन्दापनि हामी हरेक एक बलमा केन्द्रित हुन खोज्नेछौं’, रोहितले भने ।

‘पाकिस्तानमा हाम्रो राम्रो सत्कार गरिएको छ । हामी रमाई राखेका छौं । रिजवान नेपाल गएको बेला हामीले कुराकानी गरेका थियौं । एसिया कपमा पुनः भेटेका छौं । उनले आफ्नो अनुभव साटेका छन् । उत्कृष्ट खेल अघि यो राम्रो सिकाई हो’, रोहितले भने ।

भोली राम्रो खेल हुने रोहितको विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *