हामीले नेपालको क्रिकेट हेरिरहेका छौँ : मोहम्मद रिजवान

काठमाडौँ । एसिया कप खेल्न पाकिस्तानको मुल्तानमा रहेको नेपाली क्रिकेट टिमका खेलाडीलाई पाकिस्तानी खेलाडी मोहमद रिजवानले भेट गरेका छन् । रिजवानले नेपाली खेलाडी सोमपाल कामी र कुशल मल्लसँग भेट गरेका हुन् ।

भेटका क्रममा रिजवानले नेपाली टिमले एसिया कप खेल्न डिजर्ब गर्ने बताउँदै आफूले नेपाली क्रिकेट हेरिरहेको बताए । उनले नेपाली क्रिकेट खेलाडीको मिहिनेतले नै यहाँसम्म आएको बताए । पाकिस्तान टिम पनि श्रीलंकामा अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज खेलेर आइतबार मात्रै मुल्तान पुगेको छ ।

नेपाली क्रिकेट टिम पनि कराँचीमा केही दिनको अभ्यासपछि अहिले मुल्तान पुगेको छ । नेपालले एसिया कपको उद्घाटन खेलमा बुधबार पाकिस्तानको सामना गर्दै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *