अष्ट्रेलियाको ‘बिगबास’को ड्राफमा सन्दीपसहित पाँच नेपाली खेलाडी

अष्ट्रेलियाको क्रिकेट लिग बिगबासको ड्राफमा सन्दीप लामिछानेसहित नेपाली पाँच खेलाडी परेका छन्।

नेपाली क्रिकेट टोलीका मुख्य स्पिनर सन्दीप लामिछाने, युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन्।

बिगबासले पाँच नेपाली खेलाडीलाई २०२३÷०२४ को लिगका लागि ड्राफ्टमा राखेको हो। अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै उत्कृष्ट मध्यको लिग हो।

गतवर्ष सन्दीपले होबार्ट हरिकेन्सबाट खेलेका थिए। हरिकेन्सले चाहेमा उनलाई पुनस् रिटेन गर्ने छ। अन्य चार खेलाडीलाई भने ड्राफ्टमा खरिद गरिनुपर्ने छ।

अर्जुन साउद विकेटकिपर ब्याटर हुन्। अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि परिचित छन्।

आसिफ शेख विकेटकिपरको साथै ओपनर ब्याटर हुन्। आरिफ शेख भने मध्यक्रमको पुछारमा नेपालको इनिङ सम्हाल्दै आएका छन्।

१३ औं संस्करणको बिगबासमा २९ देशबाट कूल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन्। बिगबासको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ। बिगबास आठ टोली छन्। बिगबास लिग आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *