रास्वपाका पराजुलीले लिए उम्मेदवारी फिर्ता, खान सर्वसम्मत सभापति
२०८० भदौ ११ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो ।
तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिएको स्रोतले बतायो ।
पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सर्वसम्मत सभापति चुनिएका छन् ।
२०८० भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








