करेन्ट लागेर ४४ वर्षीय नवराजको मृत्यु

बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक ९कछु० मृत भेटिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार शनिवार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् ।

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । ‘शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ’ उनले भने ‘परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ ।’ अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =