राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ पेस

काठमाडौँ । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस गरेका हुन् । त्यसैगरी उनले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरेका हुन् । त्यस अवसरमा सभापति राईले सभाले सो विधेयकमाथि गम्भीर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १८ गते सोमवार अपराह्न १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =