पूर्वाधार विकास समितिमा राप्रपाका सिंहको उम्मेवादरी
२०८० भदौ १० गते

काठमाडौं । सत्ता गठबन्धन र प्रतिपक्षको भागबन्डाबाट छुटेको राप्रपाले प्रतिनिधिसभाको पूर्वाधार विकास समिति पाउने भएको छ । सत्ता र प्रमुख प्रतिपक्षले यसअघि संसदीय समितिमा आ–आफूले मात्र भागबन्डा गरेर रास्वपा र राप्रपालाई छुटाएका थिए ।
यसअघि माओवादीले लिने भनिएको पूर्वाधार विकास समिति राप्रपालाई दिने निर्णय भएको छ । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको समिति राप्रपालाई दिने निर्णय भएको हो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उक्त समितिको सभापतिमा सांसद दीपकबहादुर सिंहलाई उम्मेवादर बनाउने जानकारी दिए । माओवादीले आफ्नो भागमा परेको एक समिति राप्रपालाई दिएपछि उसको भागमा तत्काललाई १ समितिमात्र पर्ने देखिएको छ ।
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








