सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम पेसी आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक(पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुनः अन्तिम पेशी तोकेको हो ।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । ‘गौशाला २६’ नामकी जाहेरीवाली युवती भने शनिबारदेखि अस्पताल भर्ना भएकी छिन् । उनले आफूले सेवन गर्ने औषधीको अत्यधिक मात्रा सेवन गरी अस्पताल भर्ना भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *