महिला टि२० आई सिरिज

उपाधिका लागि हङकङको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले आज चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत फाइनलमा हङकङको सामना गर्दैछ । मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि सुरु हुने छ ।

नेपालले ३ खेलमा ४ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गरेको हो भने हङकङ पनि ३ खेलमा ४ अंक हासिल गर्दै रनरेटको आधारमा दोस्रो हुँदै फाइनलमा पुगेको हो ।

यसअघि यस सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजै तेस्रो स्थानको लागि मलेसिया र कुवेतबीचको खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *