ग्रीसमा नेपालीलाई नेपालीले नै गरे अपहरण, सीआईबीले पक्राउ गर्यो चार जना

ग्रीसमा नेपालीलाई नेपालीले नै अपहरअण गरेर फिरौती रकम माग गरेका छन्। अपहरण गरी फिरौती रकम लिएको अभियोगमा सीआइृबीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू चारै जना नेपाली छन्।
धनकुटा महालक्ष्मी नगरपालिका(५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका(५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका(१ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका(१ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् ।
प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट ह्वाटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।








