पारस खड्कालाई बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा चार जिल्लाको समर्थन

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बहुमत सदस्यले सहयोग गर्ने भएका छन्।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै पारसले आफू बागमती प्रदेशको अध्यक्षमा उठ्ने औपचारिक रुपमा घोषणा गरेका हुन् ।

बागमतीको चुनाव आगमी भदौं १५ गते हुँदैछ। बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर पारसलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

नुवाकोट र चितवन भने पत्रकार सम्मेलनमा सहभागी थिएनन् ।

पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर घले, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ थिए । पारसले काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यता प्राप्त गर्दै बागमती प्रदेशको चुनाव लड्न लागेका हुन् ।

पारस अध्यक्षमा उठ्दा उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने घोषणा गरिएको छ।

९ सदस्यमा आपसी समझदारीमा हुने जानकारी दिएका छन् । पारसलाई अध्यक्ष पदमा उठ्न बागमती प्रादेशिक संघका वर्तमान कार्यसमितिका १३ मध्य ७ जनाले सहमती जनाएका छन् ।

बागमती प्रदेशका अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ सदस्यले पारसलाई अध्यक्षको लागि साथ दिने भएका हुन् ।
बागमती प्रदेशमा ६ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरि कुल ३७ भोट हुनेछ । हरेक जिल्लाबाट चार प्रतिनिधिले प्रदेशमा मतदान गर्न पाउने छन् । प्रतिवद्धता अनुसार पारसले ३७ मध्य २३ मत प्राप्त गर्ने समिकरण बनेको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र तीन प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव बाँकी चार प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।

कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए ।

क्यानको केन्द्रिय चुनावमा कुला ८६ भोट छ । अध्यक्ष जित्न ४४ भोट आवश्यक पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *